Chaubandi ma Patuki (चौबन्दीमा पटुकी) by Aastha Raut    Download

 331 views




comments powered by Disqus
Title :: Chaubandi ma Patuki (चौबन्दीमा पटुकी) by Aastha Raut

 
(चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा 
पखेरीमा घाँस काट्न जान्या छैन भन्दैमा )२ 
मलाई नेपाली हैन भन्न कहाँ पाइन्छ 
(म त नेपालको माया गर्ने छोरी 
मलाई म जस्तै माया चाहिन्छ )२ 
 
(गाँजलु टिकी राम्रै लाग्छ लाउने बानी छैन 
मेरो लाउने बानी छैन )२ 
गोठाला र मेलापातमा धाउने बानी छैन 
मेरो धाउने बानी छैन 
उकाली र ओराली भो नहिडेंको बाटो 
तर प्यारो लाग्छ मलाई मेरै देशको माटो 
 
चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा 
पखेरीमा घाँस काट्न जान्या छैन भन्दैमा 
मलाई नेपाली हैन भन्न कहाँ पाइन्छ 
(म त नेपालको माया गर्ने छोरी 
मलाई म जस्तै माया चाहिन्छ )२ 
 
दोहोरी गाउन नजाने नि टुका गाँस्न आउँछ 
मलाई टुका गाँस्न आउँछ 
मारुनी र समलामा कम्मर भाँच्न आउँछ 
मलाई कम्मर भाँच्न आउँछ 
रितीथिती संस्कृतिलाई मेरो नि सम्मान छ 
आधुनिक म छोरी तर मेरै आफ्नै शान छ 
चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा 
पखेरीमा घाँस काट्न जान्या छैन भन्दैमा 
मलाई नेपाली हैन भन्न कहाँ पाइन्छ 
(म त नेपालको माया गर्ने छोरी 
मलाई म जस्तै माया चाहिन्छ )२
Astha Raut